Logo
Logo

रोल्पामा १५ शय्याको ‘अर्गानिक आइसोलेसन’ निर्माण


दृष्टि संवाददाता


काठमाडौं । रोल्पामा १५ शय्याको ‘अर्गानिक’ आइसोलेसन निर्माण गरिएको छ । माओवादी केन्द्र निकट वाईसीएल र एमालेको माधव नेपाल समूह निकट युवा संघले रोल्पामा १५ शय्याको ‘अर्गानिक’ आइसोलेसन केन्द्र बनाएर जिल्ला अस्पताललाई हस्तान्तरण गरेकाे छ ।

वाईसीएल रोल्पा नगर कमिटीका सचिव सन्तोष पुनका अनुसार स्थानीय बाँस र खर प्रयोग गरी नगरभित्रै आइसोलेसन बनाएको हाे । पुनले एक हप्तामा निर्माण गरिएको आइसोलेसन केन्द्र जिल्ला अस्पताल रोल्पाका अध्यक्ष फविन्द्र आचार्य, रोल्पा नगरपालिकाका मेयर पुरन क्षेत्री र जिल्ला अस्पतालका डाक्टर प्रकाश बुढालाई हस्तान्तरण गरिएको बताए ।

‘हामीले बाँस र खर प्रयोग गरेर श्रमदानबाट बहुउदेश्यीय आइसोलसन केन्द्र बनाएका हौँ’, सचिव पुनले भने, ‘यसबाट रोल्पामा बढ्दो कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेका छौं।’

करिब दुई लाख मूल्य बराबरको जन श्रमदानबाट बनाइएको आइसोलेसन केन्द्रमा जिल्ला अस्पतालले संक्रमितको उपचारका लागि अक्सिजन लगायतका सुविधा थपेर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्