Logo
Logo

८० वर्षपछि फेरियो ललितपुरको जीवित देवी कुमारीको आसन


दृष्टि संवाददाता


काठमाडौं । ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिएको छ । हरेक दिन नियमित पूजाका लागि देवी कुमारी विराजमान हुने आसन जीर्ण हुँदै गएकाले ललितपुर महानगरपालिकाले आसन फेरेको हो ।

ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको हो । अहिले प्रयोग भइरहेको आसन नेपाल संवत् १०६१ मा हर्खराज वज्राचार्य र उनका परिवारले प्रदान गरेका थिए ।

वरिष्ठ कलाकार प्रचण्ड शाक्यले तयार गरेकाे सुन र चाँदी लेपन गरिएको कलात्मक नयाँ आसनमा हालका कुमारी निहिरा वज्राचार्यलाई विराजमान गराइएको छ ।

कुमारी आसन जीवित देवी कुमारी परम्पराको एउटा महत्वपूर्ण प्रतीक हो । जीवित देवी कुमारीको परम्परालाई अन्तर्राष्ट्रिय जगत्मै नेपालकै एउटा पहिचानका रुपमा लिइन्छ ।

नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडादशैंको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पूजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्