Logo
Logo

बहुमत सरकारको लागि दावी पेश भएन : राष्ट्रपति कार्यालय


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति कार्यालायले प्रधानमन्त्री पदका लागि गरिएको आह्वानमा कसैले पनि दाबी नगरेको जानकारी दिएको छ ।

बैशख २७ गतेदेखि बिहीबार ३० गतेसम्मका लागि बहुमत सरकारको लागि आह्वान गरिएको तर त्यसमा कुनै नि दाबी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।

विपक्षी दलहरूसँग बहुमत नपुग्ने भएपछि कसैले पनि दाबी नगरेका हुन् । सत्तारुढ नेकपा एमालेले पनि राष्ट्रपतिको आह्वानअनुसार प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्