Logo
Logo

कपिलवस्तु जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडाैं । सैनिक श्रीमती संघले कपिलवस्तु जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संघद्वारा उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरु २२ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्गले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

हाल देशभर घातक रुपमा संक्रमण फैलिरहेको सन्दर्भमा कपिलवस्तु जिल्ला अस्पताल तथा अस्थायी कोभिड अस्पतालमा कोभिड–१९ संक्रमित बिरामीहरुको उपचारको लागी रातदिन खटिई रहेका स्वास्थ्य कर्मीका लागि सामग्री उपलब्ध गराइएको सहायक रथी गुरुङले जानकारी दिए ।

संघले बुठ ५० जोर, चस्मा ५० गोटा, हेड कभर २ सय सेट, सु–कभर २ सय जोर, ग्लोभ १ सय जोर, मास्क ५० पिस, पिपिई ५० सेट, सर्जिकल ग्लोभ १२ बट्टा, मेडिकल मास्क १० बट्टा र सेनिटाईजर २५ लिटर उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्