Logo
Logo

निषेधाज्ञाले सुनसान धरान (भिडियो)


आनन्द श्रेष्ठ


धरान । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्ने उद्देश्यका निषेधाज्ञा गरेसँगै प्रदेश १ को उपमहानगरपालिका धरान सुनसान बनेको छ । अत्यावश्यक र औषधिका पसल बाहेक सबै बन्द छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जेठ १५ गतेसम्म निषेधाज्ञा गरेको छ । यो अवधिमा खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसलहरुसमेत पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यसअघिको निषेधाज्ञा केही खुकुलो बनाएकोमा सर्वसाधारणको भीडभाडले जिल्लामा कोरोना संक्रमितको वृद्धि र मृत्यु दर अत्यधिक बढेकाले अबको निषेधाज्ञालाई झन् कडा गरिएको प्रशासन कार्यालयले जनाएको छ । यसअघि वैशाख २२ गते मध्येराति लागू हुने गरी वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार अनुसार औषधि र स्वास्थ्य सामग्री तथा इनधन व्यवसाय सम्बन्धी पेट्रोल पम्प र एलपी ग्याास मात्र खोल्न पाइनेछ ।

औषधि खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन बन्द गरिएको छ । उनले भने, ‘वैशाख ३१ गते राति १२ बजेदेखि थप गरिएको निषेधाज्ञा अवधिमा औषधि खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन दिइने छैन ।’

प्रतिक्रिया दिनुहोस्