Logo
Logo

कुशल गृहिणी


ज्ञान बहादुर लामा ‘दोङ्ग’


तिम्रो जन्मदिनको आगमनमा
सप्तरंगी फूल फुलेको छ याहाँ ।
तिम्रै निश्चल त्यो प्रेम स्वभावमा
सन्तानहरु झुलेको छ जहाँ ।।

गुलाब थरि फूल सरि तिमी
परिवारको दिलमा फुलेकी छौ ।
स्वार्थ रहित भावनामा तिमी
आफ्नै पौराखमा तुलेकी छौ ।।

निस्वार्थ भावको बृक्ष सरि तिमी
शितल छहारी बनी दिएकी छौ ।
इस्टमित्र अनी आफन्तजनको
मन,ममताले भरि दिएकि छौ ।।

इन्द्र कमल फूल सरि तिमी
समाजमा सुवास छरेकी छौ ।
सैयौं जुनी भुल्न नसक्ने गुन
परिवारमा लगाई दिएकी छौ ।।

तिम्रो त्यो साहस अनी प्रेणाले
घरबार मजबुत बनाएकी छौ ।
हर मानवीय दायित्व पुरा गर्दै
कुशल गृहिणी जनाएकी छौ ।।

जीवनमा हाँस्ने अनि हँसाउने
पुराहोस तिम्रो मनकामना ।
सुखद जन्मदिनको तिमीलाई
हार्दिक मंगलमय शुभकामना ।।

प्रतिक्रिया दिनुहोस्