Logo
Logo

जेठ २० सम्म परीक्षा लिइसक्न काठमाडौं महानगरको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले जेठ २० गतेसम्म वार्षिक परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा जेठ २० भित्रै लिएर जेठ मसान्तमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो ।

परीक्षा अनलाइन, अफलाइन, टेलिफोन वा इमेलबाट प्रश्न पठाएर लिने सकिने बताइएको छ । विद्यालय अनुकूल हुने गरी परीक्षा जेठ २० भित्र सकेर जेठभित्रै नतिजा सार्वजनकि गर्न भनिएको छ ।


महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना जारी गर्दै असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्