Logo
Logo

एमाले ०७५ जेठ २ अघिको स्थितिमा फर्किनुपर्छ : भीम रावल


दृष्टि संवाददाता

10.9k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले पुनर्जीवन पछि एकताबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

एमालेमा देखिएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेपछि उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत एमालेको पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा फर्किनु पर्ने बताएका हुन् ।

उनले लेखेका छन्– ‘नेकपा एमालेको पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनि मैले गत फागुन २३ लगत्तै भनेको थिएँ। कार्यदलमा पार्टीको एकता र हित एवं देशको हितका निम्ति पूरा प्रयास हुनेछ।’

पार्टी एकता र देश हितको निम्ति कार्यदलले पूरा प्रयास गर्ने समेत बताएका छन् । नेता माधवकुमार नेपाल समुहले पार्टी एकताबद्ध बनाउन जेठ २ को अडान राखेको भएपनि अध्यक्ष केपी शर्मा ‌‍‍ओलीले पार्टीलाई एकलौटी चलाउन खोजे पछि विभाजनको डिलमा पुगेको थियो। तर, ओली र नेपालबीच वार्ता सहमति नजिक पुगेपछि समाधानका लागि कार्यदल गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्