Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना संक्रमण घटेकोदेखि पेट्रोलियम पदार्थको मूल्य बढेकोसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा देशभर ७ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै २ हजार ६ सय ९ जनामा संक्रमण पुष्टि, २४ घण्टामा ६ हजार ६ सय ४८ जना संक्रमणमुक्त, १ सय ४५ जनाको कोरोनाबाट मृत्यु, सात सय १ जना क्वारेन्टिनमा, दशेभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगे, बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलाउन स्वास्थ्य मन्त्रालयको अस्पताललार्य निर्देशन ।

२. अक्सिजन लगायतका अत्यावश्यकीय सामग्रीको तत्काल आपूर्ति गर्न तदारुकताका साथ लाग्न सम्बन्धित निकायलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशन, महामारी विरुद्धका लागि थप कानुनी संरचना बनाउन कानुन मन्त्रालयलाई निर्देशन, स्वास्थ्य संकटकालको विकल्प र संकटकाल लगाउँदा कोरोना रोक्न सफल हुने नतिजाको बारेमा समेत छलफल भइरहेको भनाइ, कानूनी प्रक्रियामा अल्झिएर कसैको मृत्यु हुने स्थिति उत्पन्न नगराउन सीसीएमसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन ।

३. प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा पार्टी विवाद मिलाउन १० सदस्यीय कायर्दल गठन गर्ने सहमति, कार्यदलमा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल, नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने, कार्यदललाई ३ दिनको समय, एमाले पुनर्जीवन पछि एकताबद्ध रूपमा अगाडि बढ्नुपर्ने भीम रावलको तर्क ।

४. प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट, अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गर्दै रिट, प्रधानमन्त्रीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पु¥याएको भन्दै जनता समाजवादी पाटीद्वारा पुनः शपथग्रहण गराउन माग ।

५. लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका जसपाका चारजनाको रिट सर्वोच्च अदालतमा दर्ता, जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेको आधारमा पदमुक्त भएका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीद्वारा सर्वोच्चमा रिट, सर्वोच्चमा आइतबारदेखि संवैधानिक व्याख्या, मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई र रिट दर्ता हुने भएपछि जसपाका चार सांसदको उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारबाही बदर होस् भन्ने रिट दर्ता भएको हो ।

६. सरकारको गैर जिम्मेवारीकै कारण कोभिडको महामारीबाट जनताले दुःख पाएको नेपाली कांग्रेस सभापति शेरबहादुर देउाको आरोप, कांग्रेसको कोभिड–१९ अनुगमन समितिद्वारा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका लागि गरेको भर्चुअल अन्तरक्रियामा सभापति देउवाद्वारा जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारलाई चेतावनी ।

७. नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, निगमद्वारा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा मूल्यमा दुई रुपैयाँ प्रतिलिटरका दरले वृद्धि, योसँगै अब पेट्रोल प्रतिलिटर एक सय २३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ६ रुपैयाँ र हवाई इन्धन ७८ रुपैयाँ पुग्यो, मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ८ दशमलव ५६, डिजेलमा प्रतिलिटर ४ दशमलव ४६ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ७५ दशमलव १३ रुपैयाँ घाटा ।

८. निषेधाज्ञामा पनि आयात निर्यात कायमै, वीरगञ्जबाट मात्रै ७ हजार १ सय ४१ सवारी नेपाल प्रवेश ९ सय ९६ वटा मात्र मालवाहक सवारी बाहिरिए, साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाईको रेकर्ड कायम, उतार चढावबीच बजार परिसुचक नेप्से ५४ अंकले उकालो लागेर २७ सय ३८ को उचाइमा पुग्यो, नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सक्ने ।

९.अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए, पहिलो संस्करणको नेपाल सुपर लिगबाट पाएको सफलतापछि अब नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आगामी दिनमा क्रिकेट, बास्केटबल र भलिबल खेलमा पनि निजी घरानाको लगानीमा फ्रेन्चाइजी प्रतियोगिता गर्ने योजना ।

१०.र, दिल्लीमा एक साता लम्बियो लकडाउन, जापानको होक्काइडोमा शक्तिशाली भूकम्प,विश्वभर दैनिक संक्रमित भन्दा निको हुने बढ्दै, भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै, इजरायल र प्यालेस्टाइनका नेतासँग अमेरिकी राष्ट्रपति बाइडेनको टेलिफोन संवाद, सञ्चारमाध्यमको कार्यालयमा बम विष्फोट गराएकामा इजरायलको वैश्विकरुपमा निन्दा ।

प्रतिक्रिया दिनुहोस्