Logo
Logo

मदनका नाममा स्वार्थको रोटी सेक्न छाडौं : बाबुराम भट्टराई


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जननेता मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्न बन्द गर्नुपर्ने बताएका छन्।

२८औं मदन–आश्रित स्मृति दिवसका दिन सामाजिक सञ्जालमार्फत भट्टराईले मदन–आश्रितको नाममा स्वार्थको रोटी सेक्नेभन्दा उनीहरुको दुर्घटना अथवा हत्या के हो भन्ने रहस्य सुल्झाउन लाग्नुपर्ने बताए।

मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको र उनका उत्तराधिकारी दाबी गर्ने केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा उक्त रहस्य सुल्झाउनु पर्ने भट्टराईको तर्क छ। अहिले उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गर्नुपर्ने उनको भनाइ छ।

’२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धा सुमन!’ उनले लेखेका छन्, ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं।’

प्रतिक्रिया दिनुहोस्