गण्डकीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ « Drishti News – Nepalese News Portal
Logo

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले पुरानै अनुहारलाई दोहोर्‍याउनका हुन् ।

उनीहरूलाई मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ ग्रहण गराएका छन् । शपथ लगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रीमा मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’, अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधारमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन पुनर्नियुक्त भएका हुन् ।

पुनर्नियुक्त भएका मन्त्री मनाङे भने सपथमा सहभागी भएनन् । केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ काठमाडौं भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्