नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरिएको छ ।
जिल्ला अस्पतालमा आज जडान गरिएको प्लान्टबाट दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा वीरबहादुर थापाले बताए ।
प्लान्ट सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले रु ५७ लाख उपलब्ध गराएको थियो । कोभिडको दोस्रो लहरसंँगै अस्पताललाई आइसोलेशनका रुपमा परिणत गरिएको छ ।
कोभिड संक्रमितको उपचारका लागि ४० शय्या तयार पारिएको छ । अस्पतालमा अहिले करीब ३० कोभिड संक्रमित उपचारमा छन् ।












