Logo
Logo

एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित


दृष्टि संवाददाता


एजेन्सी । एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ ।

कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ । एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ ।

सन् २०२२ मा एसिया कप आयोजनाको तय भईसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ । श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा आयोजना गरिने तय थियो ।

गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप कोरोना भाईरसको कारण एक वर्ष स्थगित गरिएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्