Logo
Logo

निष्काशनमा परेपछि झाँक्रीले लेखिन्- ‘बगाएर लाने भो माया तिमीलाई बालै फरर…’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले आफुलाई यस्तो खालको निर्णयले केहि पनि फरक नपर्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…।’ सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

झाँक्रीले एमाले अध्यक्ष ओलीको चर्को विरोध गर्दै आएकी छिन् ।  एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्