Logo
Logo

कारवाहीपछि झलनाथको प्रतिक्रिया- ओली गद्दार हुन्


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ रहेको भन्दै खनालले कारवाहीले केही फरक नपर्ने बताएका हुन् ।

‘कम्युनिष्ट आन्दोलनका गद्धारले हामीमाथि गर्ने कथित कारवाहीको अर्थ छैन’, खनालले भने ।

उनले छिट्टै नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्