Logo
Logo

फुटबल प्रशिक्षककाे अपिल- नेपालको पक्षमा नतिजा नआए दोष मलाई दिनुस्


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय फुटबल टीमका प्रशिक्षक नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राम्रो नतिजाका लागि धैर्य गर्न नेपालका फुटबल समर्थकलाई विशेष अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अब्दुल्लाहले नेपाली टिमको राम्रो नतिजाका लागि केहि धैर्य गर्नका लागि आग्रह गरेका हुन् ।

नेपाली फुटबल टिमलाई पहिलो पटक प्रशिक्षण दिइरहेका प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाहले सबै समर्थकलाई संयमित भएर नेपाली टिमलाई साथ र सपोर्ट दिनका लागि अनुरोध गरेका छन् ।

उनले नेपाली फुटबलमा नयाँ मानसिकता, नयाँ सिस्टम र नयाँ तरिका अपनाउन खोजिराखिएको र यसका लागि सुरुवातमा केहि कठिन हुन बताएका छन । सुरुवातमा नै नराम्रो नतिजा आएको खण्डमा खेलाडीलाई दबाव नदिनका लागि पनि अनुरोध गरेका छन् ।

उनले अहिलेको टिम तत्काल नतिजा निकाल्ने भन्दापनि भविष्यको टिम रहेको र भविष्यमा राम्रो गर्नका लागि अहिले नयाँ सुरुवात गरेको बताएका छन् । यसका साथै अब्दुल्लाहले यदि नतिजा नेपाली टिमको पक्षमा नआएको खण्डमा पनि खेलाडीलाई दोष नदिन अनुरोध गरेका छन् । बरुसबै दोश आफुलाई दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्