Logo
Logo

संवैधानिक इजलासमा प्रश्न- नेकपा मुद्दामा फैसला सुनाउने न्यायाधीश बस्न मिल्छ ?


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरुमा सुनुवाइ आरम्भ गरेको संवैधानिक इजलासमा रिट निवेदकले न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएकोबारे प्रश्न उठाएका छन् ।

शुक्रबार संवैधानिक इजलासमा रिट निवेदक एंव अधिवक्ता गोविन्द शर्मा बन्दीले न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएकोबारे प्रश्न उठाएका हुन् । उनले नेकपा नाम विवाद मुद्दामा न्यायाधीश श्रेष्ठले फैसला सुनाएकाले सरकार जोडिएको यो मुद्दा उनले बस्न मिल्छ कि मिल्दैन भनेर बन्दीले प्रश्न गरे ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले श्रेष्ठलाई संवैधानिक इजलासमामा राखेका थिए । रोस्टरमा रहेका अन्यलाई छोडेर राणाले आफूनिकट श्रेष्ठलाई इजलासमा ठाउँ दिएका थिए ।

आफ्नो पार्टीको नाम जुधाएर निर्वाचन आयोगमा पार्टी दर्ता गराएको भन्दै नेता ऋषि कट्टेलले सर्वोच्च अदालतमा दुई वर्ष अगाडि दायर गरेको मुद्धामा गत फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले नेकपा खारेज गर्ने फैसला गरेका थिए । यस फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ ।

प्रतिक्रिया दिनुहोस्