Logo
Logo

कोरोनाबाट ९६ जनाको मृत्यु, ६ हजार ९५१ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १९ हजार ३१३ जनाको परीक्षण गर्दा ६ हजार ८५५ र एन्टिजेन विधिबाट ७९७ जनाको परीक्षण गर्दा जम्मा ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । पछिलो २४ घण्टामा ९ हजार ८४१ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ३९४ रहेका छन् । अहिले देशभर ८०९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्