Logo
Logo

स्वास्थ्य संकटकाल लाग्न सक्छ : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परेमा स्वास्थ्य संकटकाल लगाउने बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणलाई मध्य नजर गर्दै आवश्यक परेमा स्वास्थ्य संकटकाल लगाउने बताएका हुन् ।

आवश्यक स्वास्थ्य उपचारका लागि कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरिएको बताए । अध्यादेश बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति यसै मातहत चौविसै घण्टा खटिनेगरी कोभिड संकट व्यवस्थापन केन्द्र स्थापना भएको ओलीले बताए ।

वीर अस्पताललाई कोभिड युनिफाईड केन्द्रीय अस्पताल तोकिएकाले यहाँबाट कोभिड विरामीहरुले स्क्रेनिङ डाइगोनिस्टिक गरिने उनले बताए ।

वीर अस्पतालले जुनसुकै अस्पताललाई कोभिड उपचारमा समन्वयत्म ढंगले परिचालन गर्ने ओलीको भनाइ थियो। ‘कोडिभ उपचारका लागि १५७ अस्पतालहरु सूचिकृत भएका छन्। कोभिडको उपचार निःशुल्क गर्न ४५ निजी अस्पतालसंग सम्झौता गरिएको छ’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्