Logo
Logo
सुदूरपश्चिम प्रदेश काँग्रेसको निर्णय

मजदुरका लागि राहत प्याकेज ल्याउन काँग्रेसको माग


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउन माग गरेको छ ।

आइतबार बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण प्रभावित भएको कारण तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गरेको हो ।

काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले सरकारले अहिले सम्म मजदुरका लागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।

उनले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवंम् समयानुकुल ल्याउन समेत सरकारलाई सुझाव दिइने बताए ।

अन्तिम समयमा आएर अख्तियारी दिने काम रोक्नुपर्ने, सर्वदलीय अनुगमन षडयन्त्र खडा गर्ने, सीमा नाकामा होल्डीङ सेन्टर स्थापना गर्न, भ्रष्टाचार रोक्ने विषयमा समेत मुख्यमन्त्रीलाई भेटेरै सुझाव दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्