Logo
Logo

प्रतिनिधिसभा विघटन मुद्दाको पेसी मंगलबार


दृष्टि संवाददाता


काठमाडौै । प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ताहरुले न्यायाधिशको उपस्थितिमाथि प्रश्न उठाएपछि विवादका बीच इजलाश स्थगित गर्दै मंगलबारका लागि पेशी ताकिएको हो ।

आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रीट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए । 

वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए ।

वरिष्ठ अधिवक्ताले विरोध जनाएपछि महान्यायाधिवक्ताले आचरणमाथि प्रश्न उठाएका थिए ।

अब संवैधानिक इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने/नरहनेबारे सोमबार निर्णय हुनेछ भने साेही अनुसार मंगलबार न्यायाधीशकाे उपस्थिति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्