‘अराजक काम गर्ने नेता केपी जी नै हो’ « Drishti News – Nepalese News Portal
Logo

‘अराजक काम गर्ने नेता केपी जी नै हो’


दृष्टि संवाददाता


काठमाडाैं । एमाले नेता भीम रावलले पार्टी विपरित काम गर्ने नेता केपी शर्मा ओली भएको आराेप लागएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीत गर्दै नेता रावलले अनुशासनहीन र अराजक काम गर्ने प्रधानमन्त्री ओली नै भएको बताएका हुन् ।

उनले ओलीलाई पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचन कमिटी नमान्ने स्वेच्छाचारी व्यक्तिको संज्ञा दिएका छन् ।

नेता रावलले ट्वीटमा भने ‘ प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ । हो, पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो ।’

आइतबार प्रधानमन्त्री ओलीले तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताएका थिए ।

उनले माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरेका थिए । सोही विषयलाई लिएर रावलले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्