Logo
Logo

लुम्बिनीका चार मन्त्रीले पनि राष्ट्रियसभा उपचुनावमा मत दिन पाउने


दृष्टि संवाददाता


काठमाडाैं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)बाट मन्त्री बनेका चार जना सांसदले पनि सोमबार हुने राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरू हुनु १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो।

योसँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन्।यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई कारबाही गरेको थियो। उनीहरू मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री छन्।

उनीहरूलाई पार्टीको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए। ४ जनाले सर्वोच्चम मुद्दा हालेका थिए। सर्वोच्चले उनीहरूलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। 

अर्घाखाँचीमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई  पार्टीले कारबाही गरेको थियो। उनी पदमुक्त भएपछि सोही ठाउँमा सोमबार उपनिर्वाचन हुन लागेको छ।

प्रतिक्रिया दिनुहोस्