Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

कोरोना संक्रमित घटेकोदेखि न्यायाधीश विवादले संसद विघटनको पेशी सरेकोसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा देशभर ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कम पीसीआर नमुनाको परीक्षण भएसँगै संक्रमितको संख्या पनि कम, २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त, नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुग्यो, क्वारेन्टिनमा ७ सय ६३ जना , २४ घण्टामा थप १ सय ९ जनाको मृत्यु, थाइल्याण्डका राजपरिवारले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपालमा, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा अमेरिकी राष्ट्रपति डोनल्ठड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पनि पत्राचार ।

२. संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीशलाई हटाउन माग गर्दै विपक्षी गठबन्धनका कानून व्यवसायीले इजलास अवरुद्ध, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,शम्भु थापा,हरिहर दाहाल,रमण श्रेष्ठ,टीकाराम भट्टराई,गोविन्द बन्दी लगायतले बमकुमार श्रेष्ठ र तेजवहादुर केसी इजलासमा बस्न नहुने जिकिर गरेपछि विवाद,महान्यायाधिवक्ता रमेश बडालले बरिष्ठ अधिवक्ताहरुले हैसियत बिर्सेको भन्दै कानुन व्यवसायी आचारसंहिता उल्लंघन गरेको जिकिर, न्यायाधीशले गरेका फैसलाका आधारमा इजलासमा बस्न नमिल्ने हो भने संवैधानिक इजलासमा कुनै पनि न्यायाधीश बाँकी नरहने तर्क ।

३. पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय, कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकले कोरोना महामारीबाट सुरक्षित हुँदै राजनीतिक तहबाट असंवैधानिक कदमको विरोध गर्ने तय, वैधता गुमाएको कामचलाउ सरकारले पूर्ण आकारको बजेट ल्याएको प्रति पनि विपक्षी गठबन्धनका नेताहरुले विरोध ।

४. पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको तर्क, माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको ओलीको टिप्पणी, राष्ट्रपतिजस्तो उच्च मर्यादामा रहेको व्यक्तिलाई पनि अश्लील गाली गर्न थालेको प्रति प्रधानमन्त्रीको असन्तुष्टी ।

५. आइतबार बस्ने भनिएको नेकपा एमाले स्थायी समितिको बैठक स्थगित, अर्को बैठक सोमबार बिहान १० बजे बस्ने, पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाही गर्ने ।

६. निर्वाचन आयोगद्वारा लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको रिक्त पदका लागि हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा ४ जना मतदाता थप, प्रदेश सरकारमा मन्त्री रहेका जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले भोलिको निर्वाचनमा मतदान गर्न पाउने, निर्वाचनको पूर्वसन्ध्यामा आयोगले गरेको निर्णयलाई विपक्षी गठबन्धनद्वारा सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप ।

७. अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेट समीक्षा, अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने प्रतिबद्धता, सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको दावी, जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने भएकाले संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारी पूरा गरेको तर्क ।

८. आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक, सेयर बजारले छाटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि, सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम, पौने १५ अर्बको कारोबार भएर रेकर्ड राखेकोमा आइतबार रेकर्ड ताड्दै कारोबार रकम १७ अर्ब नाघ्यो, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन, कोरोना भाइरस संक्रमण फैलिएपछि विकास बैंकका अधिकांश शाखा बन्द, विकास बैंकका केही शाखा १० देखि २ बजेसम्म सञ्चालन हुने, सरकारले घटायो हाइब्रिड कारमा लाग्दै आएको अन्तःशुल्क ।

९. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले इराकसँगको फराकिलो हारको दोष आफुले लिए, युवा खेलाडी मनीष डाँगी नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी, इराकको राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलपछि नेपाली राष्ट्रिय टोली विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि कुवेत प्रस्थान, आईपीएलका बाँकी खेल युएईमा गर्ने पक्का ।

१०.र, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जापानले नौ प्रान्तमा लगाएको संकटकाल तीन साता थप्यो, भियतनामा भेटियो कोरोनाको ‘अति घातक’ नयाँ भेरियन्ट, हावाबाट पनि सर्ने, भारतमा थप १ लाख ७४ हजारमा संक्रमण, मृत्युदर उच्च, संक्रमण बढ्न थालेपछि बेलायतको लकडाउन लम्बिन सक्ने,५६ वर्षीय बेलायती प्रधानमन्त्री बोरिसले गरे ३३ वर्षकी प्रेमिका क्यारीसँग विवाह ।

प्रतिक्रिया दिनुहोस्