Logo
Logo

बजेट अधिवेशन बोलाउन एमाले कर्णालीको माग


दृष्टि संवाददाता


सुर्खेत । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले तत्काल प्रदेश सभाको बजेट अधिवेशन बोलाउन माग गरेको छ ।

दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बसेको दलको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट बारे छलफल गर्नका लागि तत्काल अधिवेशन आव्हान गर्न माग गरेको हो ।

बैठकले संविधान तथा प्रदेश सभा नियमावलीको व्यवस्था तथा सार्वभौम प्रदेश सभालाई जनउत्तरदायी बनाई प्रदेशको भविष्यसँग जोडिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न अधिवेशन आव्हान गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेकाे हाे ।

नेपालको संविधान अनुसार प्रदेश सभाले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरेको नेता कंडेलले बताए । कानूनले नै स्पष्ट कार्यतालिका निर्देशन गरेतापनि जेष्ठ १६ गतेसम्म छलफलका लागि कर्णाली सरकारबाट बजेट अधिवेशन आव्हान नभएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्