Logo
Logo

शोक प्रस्ताव पारित गर्दै वागमती प्रदेशसभा स्थगित


दृष्टि संवाददाता


काठमाडाैं । वागमती प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आईतबार बसेको वर्षे(बजेट) अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएकाे हाे ।

कोरोना संक्रमणका कारण निधन भएका प्रदेश सांसद पशुपति चौलागाईप्रति श्रद्धाञ्जली स्वरुप शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो । दोलखाको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट निर्वाचित स्वर्गीय चौलागाई एमालेको भातृ संगठन युवा संगठनका पूर्व अध्यक्ष समेत थिए ।

यसैबीच, प्रदेशसभाको आगामी बैठक सोमबार विहान ११ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्