Logo
Logo

नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने घोषणा


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०५० सम्म कार्बन उत्सजर्नमा तटस्थताको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा नेपाल अडिग रहेको बताएकी छन् ।

दक्षिण कोरियाको आयोजनामा आइतबारदेखि सुरु भएको हरियाली विकास तथा विश्व लक्ष्य (पीफोरजी २०२१) सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने घोषणा गरेकी हुन् ।

जलवायु लगानी र प्रविधिमार्फत अल्पविकसित मुलुकलाई कोभिड क्षतिबाट उकास्नको लागि समावेशी हरियाली पुनर्उत्थान कार्यक्रम महत्वपूर्ण हुने उनको भनाई थियो ।

जलवायु नीति र कार्यक्रममार्फत महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कुरामा राष्ट्रपतिले जोड दिएकी थिइन् । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा ४० देशका सरकार प्रमुख र अन्तर्राष्ट्रिय संगठनका २१ जना प्रमुख सम्मेलनमा सहभागी छन् ।

सोमबारसम्म चल्ने उक्त सम्मेलनलाई विश्व नेताहरुले भर्चुअलरुपमा सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनले घोषणापत्र समेत जारी गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्