लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान « Drishti News – Nepalese News Portal
Logo

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान


दृष्टि संवाददाता



रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ । पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उहाँको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्