Logo
Logo

बजेट कार्यान्वयन हुन सक्दैन : कांग्रेस


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसले सरकारले बजेटमार्फत सरकारले जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप लगाएको छ । सोमबार पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो ।

उनले बेट कार्यान्वयन हुन नसक्ने पनि बताए ।,‘जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेट वक्तव्यमा देखिन्छ,’ रिजालले भने, कर्णप्रिय नाराको आवरण दिएर देशको ऋण मात्रै बढाउने काम भएको छ । बजेटका योजना कार्यान्वयन हुन सक्दैनन् ।’

उनले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको पनि बताए । सरकारले ल्याएको बजेट लोकप्रिय छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने– ‘यो सरकार लोकप्रिय होला भन्ने चिन्ता छैन, बरू जनताको चिन्ता हो, जनता कोरोना महामारी र बढ्दो महँगीमा छन्।’

उनले ओली सरकार कहिल्यै पनि वास्तविकताको धरातलमा नआएको आरोप लागए । ‘जनता एउटा धरातलमा उभिएका छन् प्रधानमन्त्री अर्को धरातलमा हुनुहुन्छ,’ उनले भने, ‘जनता दुस्खमा छन्। कोरोनाको कहरमा छन्। अर्थतन्त्र अझै संकुचित हुन्छ भन्ने चिन्तामा छ। रोजगारी गुम्छ भन्ने चिन्तामा छ । तर प्रधानमन्त्री चकाचक विकास भएको छ भनेर बस्नुभएको छ, योभन्दा लाज लाग्ने कुरा अरु के हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्