Logo
Logo
राष्ट्रिय सभा उपनिर्वाचन

लुम्बिनीमा पनि एमालेलाई धक्का, कांग्रेसका उम्मेदवार निर्वाचित


दृष्टि संवाददाता


दाङ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन् । पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो । २११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए।

यसअघि माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि उपनिर्वाचन भएको हो। एमालेले खड्कालाई नै पुन: उम्मेद्‌वार बनाएको थियो।

सोमबार निर्वाचित पाण्डे यसअघि एमालेको तर्फबाट लुम्बिनीको प्रदेश सभा सदस्य थिए। उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्