Logo
Logo

एसईई नतिजा आन्तरिक मूल्यांकनबाटै प्रकाशित गर्ने प्रस्ताव


दृष्टि संवाददाता


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरिएको छ ।

यस वर्ष पनि गत वर्षकै विधिअनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाइएको छ । गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी परीक्षाको नतिजा सार्वजनिक गर्न तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्