Logo
Logo

पूर्व प्रधानन्यायाधीशप्रति ओलीकाे टिप्पणी- राज्यको पेन्सन खाएर न्यायलयको हुर्मत लिने ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीशको वक्तव्यबाजीप्रति असन्तुष्टी जनाएका छन् ।

एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधिशको वक्तव्यलाई न्यायलयको हुर्मत लिन खोजेको आरोप लगाए ।

उनले राज्यको पेन्सन खाएर न्यायलयको हुर्मत लिनु सह्य नभएको समेत बताएका थिए । उनले पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाउने दावी समेत गरे ।

बैठकमा ओलीले भने, ‘ यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलायको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्