Logo
Logo

चुनावका लागि भोट आकर्षित गर्दैनाैँ : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि भनेर भोट आकर्षित गर्ने काम सरकारले नगर्ने बताएका छन् । सोमबार युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले भोटका लागि पपुलिस्ट र घटिया काम सरकारले नगर्ने बताएका हुन् ।

‘चुनावका लागि भनेर पपुलिस्ट काम, जनताको सेवा हैन भोट आकर्षित गर्ने काम, देशको विकास हैन भोट आकर्षित गर्ने घटिया काम सरकार गर्दैन,’ ओलीले भने, ‘यो सरकार एउटा चुनाव जितिन्छ कि हारिन्छ भन्ने हैन, एउटा व्यक्ति, एउटा उमेद्वार जित्छ कि हार्छ भन्ने हैन । लोकतन्त्र हार्छ कि जित्छ भनेर हेर्छ । लोकतन्त्रलाई जिताउने यसको कर्तव्य हो । जनतालाई जिताउनु पर्छ । यो मान्यताबाट सरकार दायाँ बायाँ हुँदैन ।’

यो सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै ओलीले त्यसलाई चिर्न यूवा संघलाई निर्देशन समेत दिए । उनले सरकारविरुद्ध मिसन पत्रकारिता गर्ने मिडिया हाउस लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्