Logo
Logo

कोरोनाबाट ११४ जनाको मृत्यु, ४ हजार ७६२ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ११ हजार ५५ को परीक्षण गर्दा ४ हजार १७८ र एन्टिजेन विधिबाट २ हजार ४२५ जनाको परीक्षण गर्दा जम्मा ५८४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४६० रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्