Logo
Logo

२४ घण्टामा ६ हजार ४ सय ९१ जनाले जिते कोरोना


दृष्टि संवाददाता


काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।

निको हुने दर ७९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५   जनाको पिसिआर र  २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार १७८  जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख ६ हजार ४७०  जना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस्