Logo
Logo

डब्लुएचओले दियो कोरोनाको नाम, नेपालमा भएको भाइरस ‘डेल्टा’


दृष्टि संवाददाता


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को नयाँ भेरियन्टको नामकरण गरेको छ। विभिन्न देशमा भेटिएका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राखिएको डब्लुएचओले जनाएको छ।

देशअनुसार नयाँ नयाँ प्रकारको भाइरस देखिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तिनको नामकरण गरेको हो। यसअघि देशको नामका भाइसरको नामकरण गर्दा विवाद भएसँगै डब्लुएचओले ग्रिक शब्दबाट नयाँ नामकरण गरेको बीबीसीले जनाएको छ।

यसअघि भारतमा देखिएको नयाँ भाइरसलाई नयाँ भेरियन्टलाई ‘भारतीय भेरियन्ट’ भनेकोप्रति भारतले आपत्ति जनाएको थियो। योसँगै यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरका आधारमा नयाँ नामले चिनिनेछ।

डब्लुएचओ बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ नाम दिएको छ।

भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।

नेपालमा भेटिएको भेरिएन्ट पनि भारतमै फेला परेकै प्रजातिको भएकाले यसको नेपालमा पनि यसलाई यही भारतकै नाम भन्नुपर्ने डब्लुएचओको भनाइ छ।यसअघि बेलातयमा भेटिएको कोभिड–१९ भाइरसलाई युके भेरियन्ट नाम दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्