Logo
Logo

चीनले दिएको ८ लाख डोज खोप आइपुग्यो


दृष्टि संवाददाता


काठमाडौँ । चीनले अनुदानमा दिएको खोप मंगलबार काठमाडौँ आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्‍याएको हो । खोप ल्याउन नेपाल वायु सेवाको वाइडबडी विमान सोमबार राति ११ बजे बेइजिङका लागि उडेको थियो ।

चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा काठमाडौं आइपुगेको हो । बाँकी २ लाख डोज अर्को लटमा ल्याइनेछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाइ १० लाख खोप दिने घोषणा गरेका थिए । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रसमेत पठाएपछि उक्त खोप सुनिश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्