Logo
Logo

उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने महन्थ ठाकुर पक्षको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन निर्णय गरेको छ ।

जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षले महन्थ तथा राजेन्द्रसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेलगत्तै महन्थ–राजेन्द्र पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने घोषणा गरेको हो ।

दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् । ठाकुर–महतो पक्ष भने केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने पक्का भइसकेको छ । ८ मन्त्री र २ राज्यमन्त्री पाउने निश्चित भइसकेको सो पक्षको भनाइ छ ।

तर पूर्वसमाजवादी पार्टी बाबुराम–उपेन्द्र पक्षले भने ओलीको विकल्प खोज्नुपर्ने बताउँदै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्