Logo
Logo

प्रचण्डका कारण नेकपा जोगाउन सकिएन : ईश्वर पोखरेल


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डका कारण नेकपा नजाेगिएकाे आरोप लगाएका छन् ।

अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्त्री पोखरेलले एमालेभित्र रहेको अन्तरविरोधमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेकाे अन्तरविरोधमा खेल्न खोजेपछि तत्कालीन समयमा नेकपा जोगाउन नसकिएको आरोप लगाएका हुन् ।

पार्टी एकतालाई प्रचण्डले एमालेको संगठन कब्जा गर्ने उद्देश्यका रुपमा लिएको उपप्रधानमन्त्री पोखरेलले आरोप लगाए । प्रचण्डको पार्टी कब्जा गर्ने चाहना, माधव नेपालको गुटगत स्वार्थ र वामदेम गौतमको प्रधानमन्त्री बन्ने चाहनाले नेकपाको एकता जोगिन नसकेको पोखरेलले बताए ।

नेता पोखरेलले प्रधानमन्त्री बन्ने लालशाका कारण गौतमले प्रचण्डलाई साथ दिएको र त्यसले एकता जोगिन नसकेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्