Logo
Logo

उज्ज्वल थापाको १३ औँ दिनमा वृक्षरोपण गर्न आह्वान


दृष्टि संवाददाता


काठमाडाैं । विवेकशील साझा पार्टीले नेता उज्ज्वल थापाको स्मृतिमा पार्टीका सदस्यले कम्तीमा एउटा वृक्षरोपण गर्न आह्वान गरेको छ। संस्थापक संयोजक थापाको निधनप्रति पार्टीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै १३ औं दिनको पुण्यतिथिमा हरेक सदस्यलाई वृक्षरोपण गर्न आह्वान गरेको हो।

पार्टी केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हाे ।

शोक वक्तव्यमा थापाकाे स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरिएकाे उल्लेख गरिएकाे छ । ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा अपराह्न ४ः२५ बजे निधन भएको हो । पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको पनि वक्तव्य उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्