Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : चिनियाँ खोप नेपाल आइपुगेकोदेखि जसपामा कारवाहीकाे दोहोरीसम्म


दृष्टि संवाददाता


१. पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९८ जना कोरोना संक्रमित निको भए, विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि, २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु, देशभर १ हजार ८९५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा, वीर अस्पतालको सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु, ७ दिनभित्र अस्पतालको मूल्य सूची सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन ।

२. चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये बेइजिङबाट ८ लाख डोज भ्याक्सिन नेपाल आइपुृग्यो, चीनको कुन्मिङबाट थप एकलाख डोज खोप काठमाडौं ल्याइँदै, बुधबार पनि कुन्मिङबाट १ लाख डोज खोप ल्याइने, कोरोना महामारी जित्न राष्ट्रपतिको तर्फबाट भइरहेको पहललाई अनर्थ नबुझ्न परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको दावी, राष्ट्रपतिसँगै प्रधानमन्त्री, मन्त्री र कुटनीतिक नियोगले पनि भ्याक्सिनका लागि पहल गरिरहेको मन्त्री ज्ञवालीको भनाइ, जेठ २५ बाट ६० देखि ६४ वर्षको उमेर समूहलाई लगाइने ।

३. प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाईका गठन गरिएको संवैधानिक इजलासका दुई सदस्य न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले जेठ २३ गते नयाँ इजलास तोक्ने, संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन गर्ने सहमतिसँगै नयाँ रोष्टरबाट गठन गर्ने प्रधानन्यायाधीशको घोषणा ।

४. जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय , मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन, ष्कासनबारे निर्वाचन आयोगलाई पत्र, जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटकपटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको भन्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरुको नाम हटाउन पनि अनुरोध ।

५. नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति, थरुहट÷थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनअनुसार पहल गरिने उल्लेख, थरुहट÷थारुवान आन्दोलका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति ।

६. पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने नेकपा एमाले स्थायी कमिटीको निर्णय, पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदल निस्क्रिय रहेपनि पुनः ब्युँताउन सकिने एमाले प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ, बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप–निर्वाचको बिषयमा पनि समीक्षा ।

७. नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्री र एमाले संसदीय दलका प्रमुख सचेतकलाई कारवाही गरेकोप्रति माधव नेपाल पक्षका ७ जना नेता असन्तुष्ट, आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको तर्क, प्रदेशसभा संसदीय दलको बैठकको निर्णय अनुसार नै आफूहरु सरकारमा सामेल हुनु एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको विधान, २०७८ अनुकुल नै भएको दाबी ।

८. ओरालो यात्रामा सेयर बजार, कारोबार रकम उल्लेख्य घट्यो, दिनभरी बजारमा ४८ अंकको उतारचढाव, निषेधाज्ञाकै बीच सीजीले सुरु गर्यो उपत्यकामा इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस, कोरोनाको महामारीमा मानवीय सहायताका लागि एफएनसीसीआईको सञ्जालै परिचालित

९. महिला टी–२० बरियतामा नेपाल १४ औं स्थानमा यथावत, सिता ९० औं स्थानमा, आईसीसीको महिला लिडरसिपमा २९ देशका ४० जना छनोट, नेपालबाट परेनन्,अफगानिस्तान क्रिकेटको नयाँ कप्तानको जिम्मेवारी हशमतुल्लाहलाई दिइयो ।

१०.र, कोरोना भाईरसका अलग–अलग भेरियन्टको नामाकरणः सबै नाम ग्रीक भाषाबाट, कोरोनालाई जितिएको घोषणा अहिले नै नगर्न फाउचीको चेतावनी, भारतमा घट्दै संक्रमण र मृत्यु दर, थप १ लाख २६ हजारमा संक्रमण, चीनको पूर्वी भागमा रहेको जियाङ्सु प्रान्तमा बर्ड फ्लु मानिसमा संक्रमित भएको पहिलो केस फेला , बेलायत कोभिड तेस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै सचेत रहन चेतावनी ।

प्रतिक्रिया दिनुहोस्