Logo
Logo

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी


दृष्टि संवाददाता



काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ स्थित चौधरी उद्योग ग्राममा रहेको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान बिहान साढ ८ बजेतिर आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार अहिले नियन्त्रण बाहिर रहेको छ । नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए ।

आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताए । आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको गिरीले बताए ।

बियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुग्नुभएको छ । आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्