Logo
Logo

उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा


दृष्टि संवाददाता


काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय गरिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै, निर्माणका काम पनि सञ्चालन हुने भएका छन् ।

निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्