Logo
Logo

चुरे उत्खनन गरेर गिट्टी-बालुवा निर्यात गर्ने निर्णय राष्ट्रघाती : अध्यक्ष यादव


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने निर्णय राष्ट्रघाती भएको बताएका छन् ।

अध्यक्ष यादवले प्रेस विज्ञप्ति निकालेर सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीतिले तराईमा ठूलो प्राकृतिक सङ्कट आउने पनि बताएका छन् ।

उनले ढुङ्गा, गिट्टीका लागि हुने प्राकृतिक दोहनबाट नकारात्मक पर्यावरणीय असर पार्ने र जसको मूल्य तराईमा बसोबास गर्ने मानिसले चुकाउनु पर्ने बताएका छन । केही व्यवसायीलाई फाइदा गरे पनि यो आम नागरिकको हित विपरीत भएको उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्