Logo
Logo

एमाले स्थायी कमिटी बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौं । आज (बुधबार) बोलाइएको नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो । अर्को बैठक भोलि दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । मंगलबारको बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो ।

एकताकै लागि वातावरण बनाउन शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई निस्कासन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्