Logo
Logo

कोरोनाबाट थप १०१ जनाको मृत्यु, ५ हजार ३१६ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ ।

देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन्।

अहिले देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थामा आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन् । आज ७ हजार २१९ जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्