Logo
Logo

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार


दृष्टि संवाददाता


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गते (शुक्रबार)देखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी शुरु हुन लागेको हो । सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्