Logo
Logo

अप्ठ्यारो पर्दा ओलीले वार्ताको कार्ड फाल्ने गरेकाे नेपालकाे आरोप


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपालले अप्ठ्यारोमा पर्दा केपी ओलीले वार्ताको कार्ड फाल्ने गरेको आरोप लगाएका छन् ।

जनसंगठनको भर्चुअल बैठकमा नेता नेपालले पार्टीबाट कारवाहीको डण्डा चलाउने र जब अप्ठ्यारो परिस्थिति सृजना भयो तब वार्ता र छलफलको कुरा गर्ने ओलीको बानी भएको आरोप लगाएका हुन् ।

उनले पार्टी एकताको पक्षमा आफू पनि रहेको बताउँदै ६ बुँदे प्रस्ताव कार्यान्वयन भए अझै पनि पार्टी एकता हुन सक्ने बताए । बैठकमा उनले भने,‘ हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ ।

बैठकका सहभागीहरूले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेपछि नेपालले आन्दोलनमा ‘आयाराम गयाराम’हरु हुने भन्दै कोही व्यक्ति छाडेर जाँदैमा अभियान नटुंगिने बताए ।

बैठकमा अध्यक्ष ओली निकट जनसंगठनका नेताहरुले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाइएको थियो । बैठकमा जनसंगठनका नेताहरुले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, नत्र अलग पार्टी निर्माणमा लाग्न नेताहरुले सुझाव दिएका छन् ।

तर वार्ताको नाममा धेरै अलमल गरिन नहुने जनसंगठनका नेताहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्