Logo
Logo

सांसद पद गुमाएका तीन नेताको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को कारबाहीमा प्रदेश सांसद पद गुमाएका तीनजना नेताको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

नेकपा एमालेको ओली पक्षमा लागेका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, कुन्दन प्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

ज्वाला साहबाहेक तीनैजना निवर्तमान प्रदेश सांसदले आफूहरु माओवादी केन्द्रमा रहेको दावी गर्दै गएको जेठ १३ गते सर्वोच्च अदालतमा प्रदेशसभा सचिवालय, निर्वाचन आयोग र नेकपा (माओवादी केन्द्र) विरुद्ध रिट दर्ता गराएका थिए ।

तीनैजनाले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतले सूचना टाँस गरी रिट अनुसार अन्तरिम आदेश जारी नहुने जनाएको हो । तीनजनामध्ये मो. सामिर समानुपातिक सांसद थिए।

उनको ठाउँमा माओवादी केन्द्रले गएको वैशाख ३० गते नै वीरगञ्ज उपमहानगरपालिका १२ की पशमिना कादरीलाई प्रदेश सांसद नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्