Logo
Logo

माधव-झलनाथ पक्षले बोलायो केन्द्रीय समितिको बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ । युवराज ज्ञवालीका अनुसार पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको हो ।

उनका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजेलाई तोकिएको छ ।

अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समुहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए ।

ती छलफलमा आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा समेत छलफल गरिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्